सरकारले तेजाब आक्रमण अध्यादेश जसरी भए पनि पारित गर्नुपर्ने नेपाली कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो बताएका हुन् ।
तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गर्नुपर्ने शर्माले देउवालाई सुझाव दिएका हुन् । यो अध्यादेश अत्यन्तै आवश्यक रहेको भन्दै उनले तेजाब आक्रमण निरुत्साहित गर्न पनि पारित गर्न अपरिहार्य रहेको बताए । उनले यो अध्यादेश पारित गरेर अमानवीय प्रवृत्तिविरुद्ध राज्य कठोर बन्नुपर्ने देउवालाई सुझाव दिएका हुन् ।
देउवाले कानुन बनाउन मात्र नभएर यसलाई कार्यन्वयन गराउन आफु एकदमै दृढ रहेको बताएका थिए । उनले अध्यादेश पारित गराउने आश्वासन दिए । साथै देउवा संग पार्टीको महाधिबेशनको बिषयमा थप कुराकानी भएको उनले जानकारी दिए ।