बलिउडका महानायक अमिताभलाई आयो यस्तो बिपत , पान मसलाको बिज्ञापन बाट पछाडी हट्न दबाब — OSNepal

बलिउडका महानायक अमिताभलाई आयो यस्तो बिपत , पान मसलाको बिज्ञापन बाट पछाडी हट्न दबाब

LC (KTM) September 24, 2021 0

बलिउड महानायक अमिताभ बच्चन अहिले सम्म बिबादमा नपरेका अभिनेताहरु मध्ये एक हुन् । उनले हालै खेलेको एउटा बिज्ञापनका कारण उनी बिबादमा तानिएका छन् । उनले पान मसलाको विज्ञापनमा अभिनय गरेका कारण विवादमा तानिएका हुन् ।

धेरैको मन जितेका अमिताभ बच्चनले पान मसलाको प्रर्वधन गरेको देखेर फ्यानहरु अमिताभसँग रिसाएका छन् । उनले पान मसालाको बिज्ञापन खेलेको भन्दै फ्यानहरु रिसाएका थिए । ब्यक्तित्व अनुसार यस्तो स्वास्थ्य लाई हानि गर्ने मसलाको बिज्ञापन गर्न नहुने फ्यानहरुको बुझाई रहेको थियो ।

अब यहि बिज्ञापनका बिषयमा नेशनल एन्टी टोबेको अर्गनाइजेसनले पनि चासो देखाएको छ । अर्गनाइजेसनले अमिताभलाई एक आधिकारिक पत्रै पठाएको छ । अर्गनाइजेसनले चाँडो भन्दा चाँडो यो विज्ञापन अभियानबाट बाहिर निस्कन समेत अनुरोध गरेको छ ।

नेशनल अर्गनाइजेसन फर इरेडिकेशन अफ टोबेकोका अध्यक्ष शेखर साल्करले अमिताभ लाई एक पत्र पठाएका हुन् । उनले लामो समयको अध्ययन र अनुषन्धान बाट पान मसाला र चुरोटको सेवनको लत स्वास्थ्यका लागि नोक्सानी हुने देखाएकाले अमिताभले स्यंमले पान मसालाको विज्ञापन गर्दा राम्रो सन्देश नजाने बताएका छन् ।

उनले यो अभियानबाट पछाडि हट्न आग्रह गरेका छन् । केही समय अगाडी एक फ्यानको जिज्ञासामा प्रतिक्रिया दिदै अमिताभले मसलाको बिज्ञापन खेल्दा मनोरञ्जन उद्योगलाई पनि पैसा आउने र आफुहरु जस्ताले रोजगारी पाउने भएको भन्दै दुबैको हित सोच्नु पर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर