हिमालपारीका बालबालिकालाई शैक्षिक सामग्री सहयोग — OSNepal

हिमालपारीका बालबालिकालाई शैक्षिक सामग्री सहयोग

LC (KTM) September 24, 2021 0

सिमकोट, ८ असोज- जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ मा रहेको जाङ र हल्जीमा रहेका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ । कोरोना सङ्क्रमणका कारण लामो समयपछि कोरोना कहरमा बन्द रहेका बेला केही दिन अघिदेखि पठनपाठन सुरु गरिएको थियो ।

शैक्षिक गुणस्तर उकास्न सहयोगस्वरूप सामग्री उपलब्ध गरिएको आधार नेपाल हुम्लाका शिक्षा अधिकृत कुन्जोक लामाले जानकारी दिनुभयो । लिमीका दुई गाउँका ६६ विद्यार्थीलाई सबैखाले शैक्षिक सामग्री सहयोग गरीएको हो । शैक्षिक सामग्रीबाट विद्यार्थीलाई हौसला मिलेको छ । शिक्षा क्षेत्रमा सहयोग र अन्यत्र शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको आधार विकास नेपाल हुम्लाका शिक्षा अधिकृत लामाले लिमीका विद्यार्थीलाई सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।

लिमीका दुई विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई सामग्री वितरण गरिएको लामाले बताउनुभयो । पठनपाठनमा सहजता ल्याउन र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । प्रतिविद्यार्थी कापी १६, कलम १५, शिसाकलम १२, अन्य सामग्री प्रतिव्यक्ति एकएकका दरले सहयोग गरिएको बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर