बिग बोस र आफु बीचको सम्बन्ध खोले सलमानले अहिले सम्मकै गोप्य राज , आफू किन अबिबाहित रहेको पनि गरे खुलासा — OSNepal

बिग बोस र आफु बीचको सम्बन्ध खोले सलमानले अहिले सम्मकै गोप्य राज , आफू किन अबिबाहित रहेको पनि गरे खुलासा

LC (KTM) September 24, 2021 0

सलमान खान चाँडै नै बिग बोसको एक नयाँ सिजन लिएर आउँदैछन् । अक्टोबर २ तारिकका दिन शो को ग्राण्ड प्रिमियर हुनेछ । आज शो को लन्च मिटमा सलमान खानले बिग बोस संग जोडिएको केही महत्वपुर्ण कुराहरुको खुलासा गरेका छन् ।

यस दौरान सलमान खानले उनी र बिग बोसमा के समानता छ त्यसको बारेमा खुलासा गरेका छन् । सलमान खानले उनको बिग बोस संग सबैभन्दा लामो सम्बन्ध रहेको बताएका छन् । बिग बोस र आफुमा ेही समानता रहेको बताउँदै उनले आफुहरु दुबै जना अबिबाहित रहेको बताए ।

उनले आफुहरु अबिबाहित रहकै कारण आफुलाई बोस ठान्ने गरेको बताए । आफुहरुको जिन्दगीमा कसैको पनि दख्खलको डर नरहेको बताए । उनले भने– हामी आफुहरुको जिवनमा कसैको डर नहोस् बिग बोस यो चाहान्छन् र म पनि त्यहि नै चाहान्छु । तर मलाई जे चाहिन्छ त्यो मिल्दैन ।

म चाहान्छु कलर्स टेलिभिजन मेरो सेलरी बढाई दिओस् । उनले यस शो का लागि एकदमै मेहनत गरिरहेको भन्दै पेमेन्ट बढाउन आग्रह गरे । उनले भने– म भगवान संग आशा गर्छु कि यस्तो समय आओस जब च्यानलले भलाई भनोस् कि सलमान हामी तिम्रो फीस बढाईरहेका छौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर