आज पनि सबैभन्दा बढी कोरोना संक्रमित झापामा — OSNepal

आज पनि सबैभन्दा बढी कोरोना संक्रमित झापामा

LC (KTM) September 24, 2021 0

विराटनगर, ८ असोज- पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ९५८ को पीसीआर परीक्षण गर्दा २११ र ६०४ को एन्टिजेन परीक्षण गर्दा ११३ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज पनि सबैभन्दा बढी झापा ७३ मा र पालिकामध्ये सबैभन्दा बढी विराटनगरमा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा सुनसरीमा ६६, मोरङमा ५८, इलाममा आठ, धनकुटामा दुई, ओखलढुङ्गा र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको छ ।प्रदेशमा आजै २५६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२९ महिला र १२७ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर