थप १७७ जना कोरोना संक्रमितको मृत्यु, ८६०७ जना संक्रमित थपिए — OSNepal

थप १७७ जना कोरोना संक्रमितको मृत्यु, ८६०७ जना संक्रमित थपिए

LC (KTM) May 21, 2021 0

काठमाडौँ– नेपालमा थप १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ ।

सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएको मन्त्रालयले जनाएको छ । हिजो भने १९० जनाले ज्यान गुमाएका थिए ।

बिहीबार देशभर थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं उपत्याकामा मात्रै २,४११ जना संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर