प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक सम्पन्न — OSNepal

प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक सम्पन्न

LC (KTM) September 24, 2021 0

काठमाडौँ, ८ असोज -प्रधानसेनापति प्रभुराम शर्माले सङ्गठनको क्षमतामा अभिवृद्धि, तालिम तथा कल्याणकारी कार्यक्रम विस्तारमा जोड दिइने बताउनुभएको छ । सैनिक मुख्यालयमा भएको दुई दिने प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक समापनमा उहाँले राष्ट्र र जनताको हितका खातिर उच्च मनोबलसहित कटिबद्ध फौज निर्माणका साथ काम गर्ने उल्लेख गर्नुभयो ।

नेपाली सेनाले नियमितरूपमा सञ्चालन गर्दै आएको उक्त बैठकमा प्रस्तुतिकरण र उठान भएका विषयवस्तुमाथि गहन छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बैठकमा प्राप्त सुझावले नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न दिशानिर्देश गर्ने सेनाले विश्वास लिएको जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर