गौशालाबाट संरक्षित वन्यजन्तु गैंडाको खागसहित निकेश समातिए — OSNepal

गौशालाबाट संरक्षित वन्यजन्तु गैंडाको खागसहित निकेश समातिए

LC (KTM) September 24, 2021 0

काठमाडौँ – काठमाडौँ महानगरपालिका–८ गौशालाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने वस्तुसहित ललितपुर महानगरपालिका–६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैधरूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले उक्त वस्तु अवैधरूपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उक्त वस्तुसहित उनलाई कारवाहीको लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको व्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । यसैबीच काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब एक किलो ७०० ग्राम गाँजासहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३९ वर्षीय मिलनकुमार अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

कैलाली टिकापुरबाट काठमाडौँतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २१८१ नम्बरको बस चेकजाँच गर्दा गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर