भोली बाट सुरु हुदै ईपीएल टी ट्वान्टी क्रिकेट , उद्घाटन खेलमा शाहिद अफ्रिदीले १० नम्बर जर्सी लगाएर खेल्दै — OSNepal

भोली बाट सुरु हुदै ईपीएल टी ट्वान्टी क्रिकेट , उद्घाटन खेलमा शाहिद अफ्रिदीले १० नम्बर जर्सी लगाएर खेल्दै

LC (KTM) September 24, 2021 0

भोली बाट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुदैछ । भोलीको उद्घाटन खेलमा साबिकको बिजेता ललितपुर प्याट्रीयट्स र काठमाण्डौ किंग्स ११ ले प्रतिष्पर्धा गर्दैछन् ।

यसैबीच काठमाडौं बाट खेल्न लागेका अलराउण्डर शाहिद अफ्रिदीले १० नम्बरको जर्सी लगाएर मैदानमा उत्रने भएका छन् । काठमाडौंले आज पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएको हो ।

पाकिस्तानका पुर्व कप्तान समेत रहेका अफ्रिदीलाई सार्वजनिक गर्दै उनले १० नम्बरको जर्सी लगाउने काठमाण्डौले जनाएको छ । ईपीएल खेल्नकै लागि भनेर उनी हिजो नेपाल आईपुगेका हुन् । तर उनले ईपीएलको २ वटा मात्र खेल खेल्ने बताईएको छ । यसैबीच अन्य बिदेशी खेलाडीहरु समेत ईपीएलका लागि नेपाल आईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर