काठमाडौँ ८ असोज । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता गगन थापाले आफ्नै सरकारको कामप्रति आपत्ती जनाएका छन् ।
महाधिवेशनको विषयलाई लिएर कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा वस्नु नपर्ने भन्दै ट्वीटर मार्फत आपत्ती जनाएका हुन् ।
उनले भनेका छन् , ‘कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन । कहिल्यै विधिमा चल्नुनपर्ने, थितिमा वस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने ।’
आफ्नै सरकारको नेतृत्व प्रति अशन्तुष्टि पोख्दै आएका थापाले अघि भनेका छन्, ‘नेताले आदेश दिए पुग्ने,कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं’ थापाले भने ।
उनले भनेका छन् , कति सजिलै सर्छ अधिवेशनको मिति!
१३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन।कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा वस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नपर्ने।
बस नेताले आदेश दिए पुग्ने,कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने!
अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्नेरुसोचौं। # कांग्रेसपुनर्निर्माण