जुम्लामा १३७ किलोमिटर भन्दा बढी सडकको नयाँ ट्र्याक — OSNepal

जुम्लामा १३७ किलोमिटर भन्दा बढी सडकको नयाँ ट्र्याक

LC (KTM) September 24, 2021 0

खलङ्गा, ८ असोज-पूर्वाधार विकास कार्यालय जुम्लाले हालसम्म जिल्लामा १३७ किलोमिटर भन्दा बढी सडकको नयाँ ट्र्याक खुलाएको छ । कार्यालय प्रमुख रुपबहादुर रावलले भन्नुभयो,“हालसम्म १३७ किमी नयाँ सडकको ट्र्याक खुलाएका छौँ ” कार्यालयका अनुसार सडक स्तरोन्नति चांैडा र रिटेनिङगवाल ५६ किमी, सडकको पक्की नाला १९ किमी, ग्राबेल सडक २० किमी र दलान सडक १.३५ किमी बनेको छ ।

जिल्लाको हिमा गाउँपालिकाका चिउडी र मसानटाडामा दुई झोलुङ्गे पुल , साविकको ताम्ती गाविस हुँदै जाजरकोट जिल्ला जोड्ने पक्की पुल तथा चन्दननाथ नगरपालिकास्थित दानसाघुमा गुठीचौर गाउँपालिका हँुदै डोल्पा जोड्ने पक्की पुल निर्माण भएको जनाइएको छ ।

जिल्लाका आठवटै स्थानीय तहमा जनता आवास अन्तर्गत २५० घर निर्माण भएको कार्यालय प्रमुख रावलले बताउनुभयो ।
आव २०७७÷७८ मा रु ५० करोड विनियोजित बजेटमध्ये रु ४५ करोड खर्च भएको कार्यालयले जनाएको छ । विसं २०७५ पुस १५ मा जिल्लामा सो कार्यालय स्थापना भएकोे थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर