उद्योगपति वसन्त चौधरीलाई हृदयघात,ओपन हार्ट सर्जरी गर्नुपर्ने — OSNepal

उद्योगपति वसन्त चौधरीलाई हृदयघात,ओपन हार्ट सर्जरी गर्नुपर्ने

LC (KTM) September 24, 2021 0

काठमाडौँ ८ असोज । उद्योगपति वसन्त चौधरीलाई हृदयघात भएको छ ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष समेत रहेका चौधरीलाई आज शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।

पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो ।

हाल उनलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनको ओपन हार्ट सर्जरी गर्नुपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर