आज पनि नेपालमा कोरोना संक्रमित भन्दा निको हुने धेरै, ९ जनाले गुमाए ज्यान — OSNepal

आज पनि नेपालमा कोरोना संक्रमित भन्दा निको हुने धेरै, ९ जनाले गुमाए ज्यान

LC (KTM) September 24, 2021 0

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ५७५ जनाको पीसीआर परीक्षणमा १ हजार १०३ र ५ हजार ११५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७३ जनामा गरी १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ५५० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर