खेलकूद गतिबिधि शुन्य जस्तै रहेको दमकमा अब रोयल महिला फुटबल प्रतियोगिता हुदै — OSNepal

खेलकूद गतिबिधि शुन्य जस्तै रहेको दमकमा अब रोयल महिला फुटबल प्रतियोगिता हुदै

LC (KTM) September 24, 2021 0

झापाको दमकमा खेलकूद गतिबिधी कम हुने गरेका छन् । सबै तिर हरेक बर्षमा एक पटक बिभिन्न खेलकूद प्रतियोगिताहरु हुदै आएको छ । तर दमकमा २०७५ सालमा दमक गोल्ड कप भए यता राम्रा र स्तरिय कुनै प्रतियोगिताहरु हुन सकेका छैनन् ।

यसै कुरा लाई ध्यानमा राख्दै रोयल स्पोर्टिङ क्लब दमकले विजया दशमी तथा दिपावलीको अवसरमा महिला फुटबलको प्रतियोगिता आयोजना गर्न लागेको छ । दमकमा पहिलो पटक रोयल महिला फुटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

यस प्रतियोगिता कात्तिक ९ देखि १७ गतेसम्म हुने रोयल स्पोर्टिङ क्लबले जनाएको छ । खेलकूद गतिबिधी ठप्प जस्तै भईरहेको बेला यस प्रतियोगिताको आयोजनाले खेलमा केही रौनकता थप्ने आशा गरिएको छ । प्रतियोगितामा झापा, मोरङ, इलाम र सुनसरीका क्लबको सहभागिता रहने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर