दशैं-तिहार लक्षित सुरक्षा योजना लागु, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने — OSNepal

दशैं-तिहार लक्षित सुरक्षा योजना लागु, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने

LC (KTM) September 24, 2021 0

अछाम, ८ असोज – जिल्ला प्रहरी कार्यालय अछामले दशैं-तिहारलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ । चाडपर्वका अवसरमा हुनसक्ने सम्भावित घटना तथा दुर्घटना रोक्ने गरी प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको हो ।

चाडबाडमा हुनसक्ने चोरी, डकैती, ठगी लगायतका आपराधिक गतिविधिलाई रोक्न सुरक्षा योजना लागु गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताए । अछाम जिल्लामा शहरी र ग्रामीण क्षेत्र दुई भागमा विभाजन गर्दै एकीकृत सुरक्षा योजना बनाएको र २४ वटा स्थानमा विशेष टोली परिचालन गरेको उनले जानकारी दिए । जिल्लामा कार्यरत तीन सय सुरक्षाकर्मी मध्ये ८२ प्रहरीलाई दशैं-तिहारमा शान्ति सुरक्षा कायम गर्न परिचालन गर्ने उनले जानकारी दिए ।

विशेष योजनामा सिमाक्षेत्रका चार स्थानमा नागरिक सहायता कक्ष र राजमार्ग क्षेत्रमा रिफ्रेस सेन्टर स्थापना, राजमार्ग क्षेत्रमा सरप्राइज चेकिङ, स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन पनि छन् । यस्तै मोबाईल गस्ती, धार्मिक तथा पर्यटकीय क्षेत्रमा विशेष सुरक्षा योजना, बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाएको प्रहरीले जनाएको छ । चाडपर्वमा हुनसक्ने अवान्छित गतिविधि नियन्त्रणसँगै कोभिड महामारीलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा पनि कडाइ गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर