आमिर खानको फिल्म लगानकी केसरिया लाई ब्रेन स्ट्रोक , ११ बर्ष देखी बेरोजगार , दबाई खाने पैसा समेत छैन — OSNepal

आमिर खानको फिल्म लगानकी केसरिया लाई ब्रेन स्ट्रोक , ११ बर्ष देखी बेरोजगार , दबाई खाने पैसा समेत छैन

LC (KTM) September 24, 2021 0

आमिर खानको एक ऐतिहासिक फिल्म लगानमा केसरियाको भुमिकामा देखीएकी कलाकार परबीना बानो लाई सन् २०११ देखी नै ब्रेन स्ट्रोक रहेको छ । यसपछि उनलाई स्वास्थ्यमा समस्या बढ्दै गयो त्यसपछि बचत भएको पैसा समेत सबै सकियो ।

एक भारतीय संचारमाध्यम संग कुराकानी गर्दै परबीनाले भनिन्– म घरमा मेरो छोरी र सानी बहिनी संग बसिरहेको छु । मेरो पति संगको अलग पछि घरमा कमाउने म मात्रै एक्लो महिला थिए । म छोटो मोटो भुमिका गरेर पैसा कमाई गरिरहेको थियो ।

मेरो भाईले रेखदेख गरिरहेको थियो । उसको पनि क्यान्सरका कारण निधन भयो । मैले लगान बाट आफ्नो करियर शुरु गरेको थिए । यस फिल्ममा आमिर खानको भाई थिए उनको अपोजिट रोल गरेको थिए । ४२ बर्षिया यी कलाकार लाई सन् २०११ मा अर्थराइटिस भएको थियो ब्लड प्रेशरका कारण उनलाई ब्रेन स्ट्रोक आएको थियो ।

साथै प्यारालाइजको पनि स्ट्रोक पनि आएको उनले बताएकी छिन् । उनले अहिले ८ बर्ष यता यहि समस्या झेलिरहेकी छिन् । उनले आफ्नो स्वास्थ्य बिग्रिएकोले धेरै खर्च भएको बताईन् । सबै पैसा सकिए पछि उनी अहिले बेवारिसे जस्तै बनेकी छिन् ।

उनको बहिनीले सहयाक निर्देशकको काम गरे पनि पछिल्लो समय लकडाउनका कारण उनको जागिर पनि खोसिएको र घर परिवार चलाउनै साह्रो भएको बताएकी छन् । अहिले उनलाई हप्ताको औषधी मात्रै १८ सयको लाग्ने गरेको बताईन् । आफुलाई अहिले सम्म कुनै मद्धत तथा सहयोग नआएको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर