'ओलीको पनि दावी भएकाले म सल्लाह गरेर कानूनी पक्षहरु पनि हेर्छु' : राष्ट्रपति — OSNepal

‘ओलीको पनि दावी भएकाले म सल्लाह गरेर कानूनी पक्षहरु पनि हेर्छु’ : राष्ट्रपति

LC (KTM) May 21, 2021 0

काठमाडौं ७ जेठ । १४१ सासंहरुको हस्ताक्षरसहित विपक्षी दलले प्रधानमन्त्रीको लागि राष्ट्रपति समक्ष दावी पेश गरेको छ । नेपाली कांग्रेसको नेतृत्वमा बन्न लागेको सरकारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनी परामर्श गरेर मात्र प्रधानमन्त्री पदको लागि नियुक्ति गरिने जनाएकी छिन् ।

यता, फेरि प्रधानमन्त्री पदको लागि १५३ सांसदहरुको हस्ताक्षरसहितको पत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रपतिलाई पश गरेका छन् । एमालेका १२१ र जसपाका ३२ सांसद गरी आफूसँग १५३ सांसदको साथ रहेको एमालेको दावी रहेको छ । शितलनिवासमा कांग्रेस ,माओवादी, जसपा , माधव नेपाल समुह नेताहरुका सहभागी भएका थिए ।

त्यही क्रममा भण्डारीले ओलीले पनि दावी गरेकाले सरसल्लाह गर्छु खनि निणर्य गरौंला भनेकी छन् । ‘म सल्लाह गर्छु, कानूनी पक्षहरु पनि हेर्छु ।’ भण्डारीले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर