भक्तपुरको एक गेष्ट हाउसमा बालिकालाई बलात्कार गरी फरार रहेका एक युवक लुकीछिपी बसेको अवस्थामा बर्दिबासबाट पक्राउ — OSNepal

भक्तपुरको एक गेष्ट हाउसमा बालिकालाई बलात्कार गरी फरार रहेका एक युवक लुकीछिपी बसेको अवस्थामा बर्दिबासबाट पक्राउ

LC (KTM) September 24, 2021 0

भक्तपुर ८ असोज । १३ वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका-४ बस्ने २५ वर्षीय मिठाराम धिमाल रहेका छन् ।

धिमालले भक्तपुरको मध्यपुर ठिमीस्थित एक गेष्ट हाउसमा लगि ति बालिकालाई जवरजस्ती करणी गरेको प्रहरीको अनुशन्धानबा खुल्न आएको छ ।

करणी गरी फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले महोत्तरी बर्दिबास नगरपालिका-१ मा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । घटना गत साउन १५ गते हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धान अगाडी बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर