ठमेलको विहानी होटलको कोठाभित्र जर्मन नागरिक मृत फेला — OSNepal

ठमेलको विहानी होटलको कोठाभित्र जर्मन नागरिक मृत फेला

LC (KTM) September 24, 2021 0

काठमाडौँ ८ असोज । ठमेलको विहानी होटलको कोठाभित्र एक जना जर्मन नागरिक मृत फेला परेका छन् ।

तीन महिना देखि उक्त होटलमा बस्दै आएका डेभिड मिट ज्याकट गएराति मृत फेला परेको प्रहरीले जनाएको छ ।

नेपाली केटी साथी रहेको र उनले फोन गर्दा मृतकको नउठेपछि उनले प्रहरीमा खबर गरेकी थिइन् । त्यसलगत्तै खोजी गर्ने क्रममा उनी बस्ने होटलको कोठामा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको शव ओछ्यानमा रहेको थियो ।

सोधपुछको लागि प्रहरीले तीनजनालई नियन्त्रणमा लिएको छ । उनी पर्यटकीय भिषामा नेपाल आएको बताइएको छ । हाल उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर