लगनखेल बस्ने निकेश गौशलाबाट गैंडाको खागसहित पक्राउ थप अनुशन्धानको लागियो डिभिजन वन कार्यालय हात्तीसार — OSNepal

लगनखेल बस्ने निकेश गौशलाबाट गैंडाको खागसहित पक्राउ थप अनुशन्धानको लागियो डिभिजन वन कार्यालय हात्तीसार

LC (KTM) September 24, 2021 0

काठमाडौँ ८ असोज । तीस वर्षिय निकेश बस्नेतलाई प्रहरीले गैंडाको खागसहित पक्राउ गरेको छ ।

बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीलेसंरक्षित वन्यजन्तु गैंडाको खागसहित काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका–६ लगनखेल बस्दै आएका बस्नेतलाई गौशालाको तिलगंगा क्षेत्रमा गैंडाको खाग तथा आखेटोपहारको ओसारपसार भइरहेको विशेष सुचनाको आधारमा ४५ ग्रामको खागसहित पक्राय गरिएको हो ।

बस्नेतमाथि थप कारवहीको प्रक्रिया अगाडी बढाउन उनलाई डिभिजन वन कार्यालय, हात्तीसारमा बुझाइएको ब्युरोले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर