काठमाडौं ८ असोज । १५ वर्षिया बालिकालाई सामुहिक बालात्कार गर्ने २८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुरुमा ति बालिकाको आफ्नै केटा साथी (ब्वाइफ्रेन्ड)ले बलात्कार गरेको र पछि त्यसको भिडीयो बनाई लगातार रुपमा त्यहीँ भिडीयो देखाई ती बालिकालाई उक्त केटाको साथीहरुले समेत सामुहिक बलातकार गर्दै आएको प्रहरीको अनुशन्धानबाट खुल्न आएको छ ।
स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार बुधबार राति बालिकाले प्रहरीमा उजुरी दिएपछि ति २८ जनालाई मुम्बई प्रहरीले पक्राउ गरेको हो ।
एनडीटीभीले दिएको जानकारी अनुसार सो घटानमा पिडित बालिकाले ३३ जनाको नाम दिएकी छन् । ति सबैलाई आफुले चिन्ने समेत बताएकी छन् ।