ओडारमा लुकाई राखेको अवस्थामा २५ थान बन्दुक बरामत — OSNepal

ओडारमा लुकाई राखेको अवस्थामा २५ थान बन्दुक बरामत

LC (KTM) September 24, 2021 0

काठमाडौं ८ असोज । ओडारमा लुकाई राखेको अवस्थामा २५ थान बन्दुक फेला परेको छ ।

बागलुङको तामानखोला गाउँपालिकाको वडा नम्बर–५ र ६ को सिमानामा रहेको राताबाङ्ग खोलाको ओडार लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
बुङदोभान प्रहरी चौकीबाट खटिएको प्रहरी चौकीको टोलीले २४ थान साबुद र १ थान बेसाबुद गरि २५ थान एकनाले बन्दुक बरामद गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार उक्त हतियार गाउँलेहरुले लुकाई राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर