१५३ सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीको लागि ओलीको दावी — OSNepal

१५३ सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीको लागि ओलीको दावी

LC (KTM) May 21, 2021 0

काठमाडौं ७ जेठ । नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पुन प्रधानमन्त्री पदको लागि १५३ सांसदहरुको हस्ताक्षर सहित शितल मा प्रधानमन्त्रीको लागि दावी पेश गरेका छन् । एमालेको १२१ र जनता समाजवादी पार्टी नेपालको तर्फबाट ३२ जना सांसदहरुको हस्ताक्षर भएको भन्दै प्रधानमन्त्री पदको लागि दावी पशे गरेको हो ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटरमा ट्वीट् गर्दै नेकपा एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गरेका र दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेको बताएका छन् ।

यता ‘एमालेको १२१ र जसपाको ३२ सांसदको समर्थन रहेको पत्रसहित प्रधानमन्त्रीमा केपी ओलीले दावी पेश गर्नुभएको छ । दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतोले हस्ताक्षर गर्नुभएको छ,’ नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने ।

यस्तै , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको १७ र बाँकी नेकपा एमालेका माधव नेपाल समूहका २२ सांसदको हस्ताक्षर रहेको छ । देउवासँग १४१ सांसदहरुको हस्ताक्षर रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर