नेपाल युरोपियन युनियन चलचित्र महोत्सवअन्तर्गत हरित चलचित्रकर्मसम्बन्धी मास्टरक्लास आयोजना हुने — OSNepal

नेपाल युरोपियन युनियन चलचित्र महोत्सवअन्तर्गत हरित चलचित्रकर्मसम्बन्धी मास्टरक्लास आयोजना हुने

LC (KTM) September 24, 2021 0

काठमाडौं-जलवायु परिवर्तनले वातावरणमा पार्ने नकारात्मक असर पारिरहेको कुरा सर्वविदित छ । र यसका असर हिजोभन्दा आज अझ टड्कारो रुपमा देखिन थालेको छ ।
कलकारखाना तथा उद्योग मात्र जलवायु परिवर्तनका लागि जिम्मेवार छैन । चलचित्र निमार्ण गर्ने प्रक्रियाले वातावरणमा नकारात्मक असर भन्ने तथ्यले देखाएको छ । यसै सन्दर्भमा युरोपियन युनियन नेपालको डेलिगेसनले हरित चलचित्रकर्म अर्थात ग्रीन फिल्ममेकिङ्ग बारे भर्चुअल मास्टरक्लास आयोजना गर्न गइरहेको छ । यो मास्टरक्लास नेपाल युरोपियन युनियन चलचित्र महोत्सव (नियुफ) २०२१ अन्तर्गतको एउटा कार्यक्रमको रुपमा आयोजना गरिन लागेको हो । मास्टरक्लास यही असोज ८ गते दिउसो २ बजे आयोजना गरिने छ ।

श्रव्यदृश्य निर्माण गर्दा वातावरणमा पर्ने नकारात्मक असरहरूलाई कम गर्ने उद्देश्यले निर्माता तथा चलचित्र उद्योगसँग सम्बन्धित अन्य सार्वजनिक तथा निजी निकायहरूले तयार गरेका नीति तथा व्यवस्थाहरूलाई हरित चलचित्र निर्माण वा दिगो चलचित्र निर्माण भनेर बुझिन्छ । अन्य औद्योगिक क्षेत्रहरूले जस्तै श्रव्यदृश्य अथवा चलचित्र उद्योगले पनि वातवारणलाई जोगाउनको लागि आफ्नो भूमिका खेल्न सक्छ ।यस मास्टरक्लासमा हरित चलचित्र मूल्यांकन प्रणालीका निर्देशिका बमोजिम चलचित्र निर्माण स्थललाई कसरी बढी दिगो बनाउन सक्छन् भन्ने बारेमा निर्माता तथा निर्माणमा संलग्नहरूले व्यवहारिक रूपमा के काम गर्न सक्छन् भन्ने बारे सहभागीहरूले जान्ने मौका पाउनेछन् ।

उनीहरूले श्रव्यदृश्यका कामहरूलाई वातावरणीय दिगोपनको हरित चलचित्र प्रमाणीकरण प्राप्त गर्ने प्रक्रियाहरूको बारेमा, त्यसमा संलग्नहरूको बारेमा पनि जान्नेछन् । त्यसका साथै विभिन्न देशहरूमा चलचित्र सह–निर्माण गर्नका लागि ग्रीन फिल्ममेकिङ्गको प्रमाणिकरण लिए नेपाली चलचित्रकर्मी तथा निर्माण कम्पनीहरुलाई के फाइदा हुन सक्छ भन्नने कुराको पनि चर्चा गरिने छ।मास्टरक्लासको प्रशिक्षक डा. अल्बर्टो बाट्टोची रहेका छन् भने भ्यालरियो कारुसोले सहकीकरण गर्ने छन् । मास्टरक्लासमा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अतिथि बक्ताका रुपमा आफ्नो मन्तव्य राख्ने छन् ।यस मास्टरक्लासमा सहभागी हुनका लागि सबै निर्देशक, निर्माता, छाँयाकार, निर्माण नियन्त्रक लगायत सबै चलचित्रकर्मी, चलचित्रका विद्यार्थी, सिनेपत्रकार⁄लेखक सबैमा युरोपियन युनियनको नेपालको डेलिगेसन आव्हान गर्दछ ।
मास्टरक्लासमा सहभागी हुनका लागि लिंकः

Time: Sep 24, 2021 02:00 PM Kathmandu

Join Zoom Meeting
https://zoom.us/j/98023373073?pwd=TW9nWVFYeXhmZTlSamQxVzRncVBIUT09

Meeting ID: 980 2337 3073
Passcode: 22222

थप जानकारीका लागि सम्पर्कः
अम्बर मैनाली
प्रेस तथा सूचना अधिकृत
युरोपियन युनियन नेपालको डेलिगेशन
ईमेलः [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर