म्याग्दीका विश्वकर्माले बङ्गुरको मासु बेचरै मासिक १ लाख भन्दा बढी गर्छन कमाई — OSNepal

म्याग्दीका विश्वकर्माले बङ्गुरको मासु बेचरै मासिक १ लाख भन्दा बढी गर्छन कमाई

LC (KTM) September 24, 2021 0

काठमाडौ । म्याग्दीको बेनी नगरपालिका– ७ मङ्गलाघाटमा पालेको बङ्गुरलाई दाना पानी दिइसकेपछि खोर सफा गर्ने तयारी गर्दै कृषक रणबहादुर विश्वकर्मा । विश्वकर्माले बङ्गुर र मासु बेचेर मासिक रु १ लाख भन्दा बढी कमाई गर्दै आउनुभएको छ ।

दुई विधेयक टेबुल-राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरिएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गर्नुभएको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकले उक्त दुई विधेयक पारित गरी राष्ट्रियसभामा पठाएको थियो । नयाँ बजेटका आश्रित यी दुई विधेयकलाई पनि राष्ट्रियसभाले पारित गरेपछि सङ्घीय संसद्बाट बजेट पारित हुन्छ । विनियोजन विधेयक २०७८ लाई भने राष्ट्रियसभाबाट बिहीबार नै पारित भएको थियो ।

आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरी पठाइएको प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

आजको बैठक पनि सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का सांसदले उभिएर विरोध जनाएकाले अध्यक्ष तिमिल्सिनाले सांसद खिमलाल भट्टराईलाई बोल्न समय दिनुभएकामा उहाँले सदाझैँ आज पनि आफूहरुको विरोध कायमै रहेकाले बैठकको कामकारबाही अगाडि नबढाउन आग्रह गर्नुभभएको थियो । राष्ट्रियसभाको आजको पहिलो बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर