काठमाडौं असोज ८ । नेकपा एमालेका नेता सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पार्टी विभाजन गरेर ठुलो अपराध गरेको बताएका छन् । प्रतिक्रियावादीका मतियार र स्वघोषित पार्टी अध्यक्ष भएको आरोप लगाएका थापाले आज बिहान एक कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।
नेपालको नेकपा एस पार्टीलाई समुह पनि मान्न तयार नभएका थापाले यो पार्टीलाई स्वार्थप्रेरित अवसरवादीको झुन्ड भएको बताएका छन् । नेकपा एसमा लाग्द सबै जसो खान नपाएका जुका जस्ता छन् भन्दै आलोचना गरेका उनले भने , ‘माधव नेपाल शेरबहादुर देउवाका बैसाखी, कम्युनिस्ट आन्दोलनको कचरा, विखण्डनकारी, पार्टी कब्जा गर्न खोज्ने प्रचण्डका शिखण्डी हुन् ।’
कार्यक्रममा उनले केपी शर्मा ओलीले नै फेरि एक कार्यकाल अध्यक्ष भएर पार्टीलाई पहिलो शक्तिका रुपमा अगाडि बढाउने बताएका छन् । यस विषयमा पार्टीमा कुनै विवाद नभएको बताएका छन् ।
नेपालले जनाधार केही नभएको बाटो रोजेको भन्दै उनले कार्यक्रममा भने, ‘जनाधार केही नभए पनि मोहन वैद्य, मोहनविक्रम सिंह नारायणमान बिजुक्छे, सीपी मैनाली, ऋषि कट्टेल आदि ७० वर्ष उमेर नाघेका नेताहरु अझै पार्टी प्रमुख छन् । माधव नेपालले पनि पनि त्यही बाटो समातेका छन् ।/