जेनेभा, ८ असोज-वायु प्रदूषणका कारण विश्वभर हरेक वर्ष करिव ७० लाख मानिसको अल्पायुमै मृत्यु हुने गरेको छ । प्रदूषणपछि फैलने विभिन्न रोगका कारण यति धेरै मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको हो ।
डब्ल्यूएचओले वायु प्रदूषणको अवस्था मानिसले सोचेभन्दा खतरनाक रहेको समेत चेतावनी दिएको छ । डब्ल्यूएचओले नोभेम्बरमा हुन लागेको कोप २६ सम्मेलनअघि एक सय ९४ सदस्य राष्ट्रलाई उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम गर्न अनुरोध गरेको छ । वायु प्रदूषणका कारण श्वासप्रश्वासजन्य रोग हुन्छ । दूषित वायुले मानिसको फोक्सोकोमा गम्भीर असर गर्ने विज्ञहरू बताउँछन् ।