बालुवा झिक्न गएका २४ वर्षीय गोविन्दचन्द्र खोलाले बगाएर बेपत्ता — OSNepal

बालुवा झिक्न गएका २४ वर्षीय गोविन्दचन्द्र खोलाले बगाएर बेपत्ता

LC (KTM) September 24, 2021 0

बागलुङ-बागलुङको बडिगाड खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् । निसीखोला गाउँपालिका- ६ घर भई बडिगाड गाउँपालिका- ५ खारामा भाडामा बस्ने २४ वर्षीय गोविन्दचन्द्र बिक बेपत्ता भएका हुन् ।

बडिगाड खोलाको काली दहमा पौडिन गएका बिकलाई खोलाले बगाएको प्रहरी चौकी ग्वालीचौरका प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानले जानकारी दिए । बिक साथीहरूसँग खोलामा बालुवा झिक्न गएका थिए । उनी बडिगाडमा मजदुरी गर्दै आएका थिए ।

बिहीबार दिउँसो साढे १ बजेको समयमा चर्को घाम लागेपछि साथीहरू शीतल खोज्दै खोलाभन्दा केही पर गएका थिए । बिक गर्मी छल्न पौडी खेल्न गएका उनका साथीहरूको भनाइ उद्धृत गर्दै प्रसनि न्यौपानेले बताए । बेपत्ता बिकका आफन्त, स्थानीयवासी र प्रहरीको टोलीले खर्वाङसम्म खोजी गर्दा पनि फेलापार्न सकेको छैन । उनले लगाएको कपडा खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर