अभिनेत्री पायलमाथि एसिड आक्रमणको प्रयास गर्ने को हुन् यि युवक — OSNepal

अभिनेत्री पायलमाथि एसिड आक्रमणको प्रयास गर्ने को हुन् यि युवक

LC (KTM) September 24, 2021 0

मुम्बई । अभिनेत्री पायल घोषमाथि हालै एसिड आक्रमणको प्रयास भएको छ । दक्षिण भारतीय र बलिउडका केही चलचित्रमा काम गरेकी उनले हालै आफूमाथि एसिड आक्रमणको प्रयास भएको जनाएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार औषधि किनेर घर फर्कने क्रममा नकाब लगाएका मानिसले पायलमाथि एसिड छ्याप्ने प्रयास गरेका थिए ।

कसैमाथि शंका छ कि भनेर सोधेको प्रश्नमा अभिनेत्री पायलले भनिन्, ‘स्वभाविक रुपमा उनीहरु शुभचिन्तक थिएनन् र यो योजनाबद्ध घटना थियो ।’ सौर्य दैनिकमा खबर छ । यसविरुद्ध कडा कदम चाल्ने जनाउँदै उनले आफूमाथि आक्रमण भएको भिडियोमार्फत बताएकी छन् । कारभित्र चालक सिटमा बस्न लाग्दा टाउकोमा कसैले रडले हिर्काएको सुनाउँदै उनले उनीहरुको हातमा बोतल रहेको बताइन् ।

जसमा एसिड भएको पायलको आशंका छ । राति १० बजे भएको घटनामा हातमा समेत चोट लागेको उनले बताएकी छन् । केही वर्षअघि बलिउड निर्देशक तथा निर्माता अनुराग कश्यपमाथि यौन दुव्र्यवहारको आरोप लगाएपछि उनी निकै चर्चामा आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर