हास्य कलाकार दीपक–दीपाले ल्याउँदै कालो कोट , जितु फेरी पनि यस फिल्म बाट आउट — OSNepal

हास्य कलाकार दीपक–दीपाले ल्याउँदै कालो कोट , जितु फेरी पनि यस फिल्म बाट आउट

LC (KTM) September 23, 2021 0

कोरोनाको महामारीले थलिएको बेला सिने जगत बिस्तारै बौरिने संकेत देखाएको छ । चलचित्रको छायांकन , रिलिज डेट तोक्ने काम, सिनेमा हल खुल्ने लगायका कार्यहरु बिस्तारै सुरु हुन थालेका छन् । यसैक्रममा कमेडियन कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ फिल्म निर्माण गर्ने भएका छन् ।

उनीहरुले कालो कोट फिल्म निर्माण गर्ने भएका हुन् । उनीहरुले रोहित अधिकारी संग मिलेर फिल्म निर्माण गर्न लागेका हुन् । यो फिल्मको लागि अहिले कलाकारहरुको छनौट भईरहेको बताइएको छ । साथै कालो कोट फिल्मको लेखन कार्य पनि भईरहेको बताइएको छ । सामाजिक सन्देश सहितको हाँस्य ब्यंग बिद्याको यो फिल्ममा सौगात मल्ल देखिने लगभग पक्का भइसकेको निर्माण पक्षले जनाएको छ ।

सौगात लाई यस फिल्ममा फरक पात्र अर्थात खलपात्रको रुपमा देखिने बताइएको छ । यस फिल्मको निर्देशक भने टुंगो लागि सकेको छैन । निर्देशकको रुपमा दिपेन्द्र लामा या सिमोस सुनुवार हुने संभावना रहेको छ । यस फिल्ममा दीपक दीपा संगै माग्ने बुढा समेत देखिनेछन् ।

तर यो फिल्ममा जितु नेपाल भने हुने छैनन् । दीपा श्री लाई मुन्द्रेको कमेडी क्लब बाट निकालिए पछि दीपक दीपा संग जितु नेपालको सम्बन्ध चिसिएको छ । फिल्म कहिले देखी छायांकनमा जाने भन्ने अहिले टुंगो लागि सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर