अफगानिस्तानमा तालिवानको सत्ता आए लगत्तै ब्यक्तिहरुको आशंका सत्य साबित भएको छ । अफगानिस्तानमा आतंकबादी संगठन आईएस आईएसके ले संगठन तिब्र रुपमा बिस्तार गरिरहेको छ । बिशेषत जिहदीहरुलाई यस संगठनले भर्ती गरिरहेको छ ।
आईएस आईएसके ले पुरै एशियाबाट जिहादि लाई आफ्नो संगठनमा भर्ती गरिरहेको छ । यस संगठनले तालिवानको बिरुद्ध एक क्रुर गुरिल्ला युद्ध शुरु गर्नको लागि भर्ती लाई तिब्रता दिईरहेको छ । बिशेषज्ञहरुले अब आतंकबादी आक्रमणहरु बढ्न सक्ने चेतावनी समेत दिएका छन् ।
आईएस आईएसके ले पछिल्लो महिना काबुल एयरपोर्टमा एक बम आक्रमण गरेको थियो । त्यस आक्रमणमा पनिर १८० जनाको मृत्यु भएको थियो । यसकोे ठिक एक हप्ता पछि एक आतंकबादी आक्रमणमा १ बच्चा सहित ७ जनाको मृत्यु भएको थियो ।