यी हुन् द भ्वाइस किड्स नेपालका ४ निर्णायकहरु — OSNepal

यी हुन् द भ्वाइस किड्स नेपालका ४ निर्णायकहरु

LC (KTM) September 23, 2021 0

नेपालमा पनि रियालिटी शो हरु एकदमै चल्न थालेका छन् । एक पछि अर्काे रियालिटी शो हरु टेलिभिजन मार्फत आउन थालेका छन् । यसैक्रममा गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ पनि घोषणा भईसकेको छ ।

अब यस शो का लागि निर्णायकहरु समेत सार्वजनिक भएका छन् । द भ्वाइस किड्स नेपाल’ ले आज फेसबुकमार्फत चारजना निर्णायकहरुको नाम सार्वजनिक गरेको हो । यस शो को निर्णायकमा गायक प्रमोद खरेल र राजु लामा साथै गायीका प्रविशा अधिकारी र मिलन नेवार रहनेछन् ।

भ्वाइस अफ नेपालमा प्रमोद र राजुले निर्णायकको भुमीका खेलि सकेका छन् । यस शो मा ६ देखि १४ वर्ष सम्मका बालबालिकाहरुले प्रतिष्पर्धामा भाग लिन पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर