अमेरिकामा रहेको नेपालीहरुको साझा संस्था नासाका बहुमत कार्यकारी सदस्यदले दिए राजीनामा — OSNepal

अमेरिकामा रहेको नेपालीहरुको साझा संस्था नासाका बहुमत कार्यकारी सदस्यदले दिए राजीनामा

LC (KTM) September 23, 2021 0

काठमाडौँ । अमेरिकाको दक्षिण पूर्वी राज्यको करीव ३ दशक इतिशाँस बोकेको नेपालीहरुको पुरानो संस्था नेपलिज एसोसियेशन अफ साउथ इस्ट अमेरिकाका नासाका २१ जना कार्यकारी समितिका बहुमत सदस्यले राजीनामा दिएका छन् । कार्यकारी समितिका पदाधिकारीहरु बरिष्ठ उपाध्यक्ष अम्बिका लोहनी, उपाध्यक्ष बिशाल भारती, कोषाध्यक्षको तथा सह सचिब रमा घिमिरे, कार्यसमिती सदस्यहरु प्रलाद शाह, साबित्री रानाभाट, दिपक रानाभाट, सुदन गैरे, नरेन्द्र बराल, आमोद देवकोटा र सुशिल पौडेलले राजीनमा दिएका हुन् ।

उन्हरुले संस्थाका अध्यक्ष विनय अर्याल र महासचिब कृष्ण श्रेष्ठको एकल कार्यशैलि र रबैयाका विरुद्ध बहुमत सदस्यहरुबाट एकमुस्ट रुपमा राजिनामा पेश गरेको बताउँदै आएका छन् । नासाको हरेक २ बर्षमा नेतृत्व चयनको लागि हुने सम्मेलन र चुनाब यसपाली फ्लोरिडा राज्यको ओर्लान्डो शहरमा सेप्टेम्बर ५को लागि तोकिएको भएता पनि अध्यक्ष अर्याल र महासचिब श्रेष्ठको एकलौटीपना र दम्भका कारण आजको यो अवस्था आएको उपाध्यक्ष भारतीले बताए ।

उपाध्यक्ष भारतीका अनुसार संस्थाका अध्यक्ष र महासचिबले आफु अनुकुलको मिटिंग निर्णय बनाइ सम्मेलन र साधारण सभा चाहि स्थगित भएको तर चुनाब चाहि तेही दिन फ्लोरिडामा नै हुने भनेर दुई तिहाइ बोर्ड सद्स्यको निर्णयलाई समुदायमा गलत तरिकाले बोर्डको निर्णय सुचना प्रेषित गरेका थिए । उक्त सुचना प्रेषित भए पछी बोर्डका बहुमत सदस्यहरुले तुरुन्तै बोर्डको आकस्मिक बैठक बोलाउन अनुरोध गरे पनि १६ दिन पछी बोलाएको बैठकमा संस्थाका अध्यक्ष र महासचिबले निर्णय सचाएर निर्वाचन पनि स्थगित भएको सुचना प्रकाशित गरेका थिए ।

सम्मेलनको कार्यतालिका शुरु भए देखि नै अध्यक्ष बिनय अर्याल र फ्लोरिडा निवासी महासचिब कृष्ण श्रेष्ठले आफ्नै इतरका निर्बाचन आयुक्त खडा गरि कोषाध्यक्षको जानकारी बिना नै संस्थाको रकम दुरुपयोग गरी निर्वाचन आयुक्त ज्ञानेन्द्र गदाललाई प्लेनको टिकट किनिदिएको, बहुमतले गरेको निर्णयको उपहास गर्दै ग़लत तरिकाले सुचना प्रकासित गरेको , निर्वाचन समितिको अनियममिता गरेको, संस्थाको निती नियमहरु मिचेर आफ्नो मनोमानी गरेको, निर्वाचन समिति प्रमुख ज्ञानेंद्र गदालले नासा कार्यसमितिका पधाधिकारीहरूलाई अपशब्द बोलेको, उमेदवारहरूलाई फ़ोन गरी उनिहरूको योग्यता प्रति प्रश्न गरेको, निर्वाचन समिति (ज्ञानेद्र गदाल, बासु फुलारा र रामकृष्ण वाग्ले) ले अध्यक्ष बिनय अर्याल र महासचिव कृष्ण श्रेस्ठको प्रबक़्ता जसरी काम गरेको र बहुमतको निर्णय नमानने, संस्थाको क़ानून मिचेर म संस्थाको अध्यक्ष हो मैले भने पछी जे पनि हुनछ भन्ने सोच बोकेको संग काम गर्न औचित्य नठानेर हामिले संस्थागत सुद्रीकरण को लागी राजिनामा दिएका हौ बोर्डका सम्पूर्ण सदस्यहरुले बताए।

हरेक २ बर्षमा हुने नासाको सम्मेलन र निर्वाचन यस बर्ष कोविड डेल्टा भेरीएन्टको कारण केही महिनाको लागि स्थगित भए पनि बहुमत सदस्य राजीनामाको कारण अब संस्थाको सम्मेलन र निर्वाचन प्रकिया कसरी अघी बड्छ भन्ने कुरा आम चासो र प्रतिक्षाको बिषय रहेको छ । संस्थालाई नासाका पूर्व अधक्च्यहरु रामचन्द्र बराल र राजा घलेले गोटी बनाएको र उनी दुबै जनाले हालसम्म नासा फेसबूक पेजआफ्नो नियन्त्रणमा लीइ कार्य समितिका साथीहरुलाई उनिहरुको आदेश बमोजिम कार्य नगरे फेसबूकको सन्चालकबाट हटाउने कार्य गरेको आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर