एकाएक किन ईपीएल नखेल्ने निर्णय गरे राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ? — OSNepal

एकाएक किन ईपीएल नखेल्ने निर्णय गरे राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ?

LC (KTM) September 23, 2021 0

काठमाडौं, ७ असोज- नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले ९ असोजबाट आयोजना हुने चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् ।बिहीबार कप्तान ज्ञानेन्द्र सम्मिलित ललितपुर प्याट्रीओट्सले विज्ञप्ति जारी गर्दै चौथो संस्करणमा उनले नखेल्ने जानकारी गराएको हो । कप्तान ज्ञानेन्द्रले आन्तरिक कारण खुलाउदै आफू प्रतियोगितामा सहभागी हुन नसक्ने पत्र काटेका छन् ।

‘जानकारी गराउन चाहन्छु कि ब्यक्तिगत कारण आगामी ईपीएलमा सहभागी जनाउन पाउँदिन,’ ज्ञानेन्द्रले लेखेका छन् । यस्तै उनले प्रतियोगिताको लागि शुभकामना दिएका छन् ।ज्ञानेन्द्र नखेल्ने भएसँगै अब ललितपुरले नयाँ कप्तान पाउने भएको छ । घोषणा भने भएको छैन ।

यस्तै नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले पनि यो सिजनको ईपीएल नखेल्ने घोषणा गरिसकेका छन् । उनी गत सिजन विराटनगरबाट खेलेका थिए ।चौंथो संस्करणको ईपीएल क्रिकेट ९-२३ असोजसम्म टीयू क्रिकेट मैदानमा हुनेछ ।प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोजले खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर