काठमाडौ। खगेन्द्र लामिछाने, मेनुका प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको स्व। छेतेन गुरुङ्ग निर्देशित नेपाली चलचित्र ‘डमरुको डण्डिवियो’ अब निशुल्क हेर्न पाइने भएको छ । कोभिड(१९ को दोश्रो लहरसँगै भएको लकडाउनको समयमा नेपालमा बस्ने दर्शकको लागि सिनेमाघर एपमा यो चलचित्र निशुल्क उपलब्ध गराईएको हो ।
चलचित्रका अभिनेता तथा सिनेमाघर एपका खगेन्द्र लामिछानेले लकडाउनको समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर ुसिनेमाघर एपु को तर्फबाट नेपालमा बस्ने दर्शकहरुको लागि भनेर ुडमरुको डण्डीवियोु निशुल्क हेर्न मिल्ने व्यवस्था मिलाएको बताए । ‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसले पछिल्ला दिनमा नेपालीलाई झनै धेरै त्रसित बनाएको छ । हाम्रो लागि यो समय निकै नै कठीन र चुनौतीपूर्ण छ । घरमा बस्दा समय कटाउन गाह्रो हुन्छ । त्यो समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर यो चलचित्र निशुल्क हेर्न मिल्ने व्यवस्था मिलाएका छौँ’, लामिछानेले बताए ।
अहिले यो सुविधा नेपालमा मात्र रहेको र बिस्तारै अरु देश हरुमा मा पनि क्रमस उपलब्ध हुदैजाने सिनेमाघर एपका कार्यकारी अधिकृत सागर खरेलले बताए । ‘डमरुको डन्डीबियो हाम्रो एपमा एकदमै रुचाइएको चलचित्र हो, हामीले अहिले सम्म एस्लाई ‘पेड सर्भिस’को रुपमा राखेको थियौ । यो हाम्रो एपमा सबैभन्दा धेरै किनेर हेरिएको चलचित्र हो, तैपनि हामीले यो लकडाउनको अवस्थामा सबैलाई मनोरंजन होस् भन्ने हेतुले निशुल्क गरेको छौँ’, खरेलले बताए ।
चलचित्र हेर्नको लागि एप स्टोरमा गएर सिनेमाघर एप अपडेट गर्नु पर्ने हुन्छ । सिनेमाघर एप एण्ड्रोइड, आइओस, अमेजन फायर टिभी, एण्ड्रोइड टिभी लगाएतमा उपलब्ध छ ।
((