नेपाल आउँदा आफ्नै घर आए जस्तो महशुस भईरहेको छ - पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी — OSNepal

नेपाल आउँदा आफ्नै घर आए जस्तो महशुस भईरहेको छ – पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी

LC (KTM) September 23, 2021 0

नेपालमा यतिबेला इपीएल क्रिकेटको सर्वत्र चर्चा रहेको छ । नेपालको लिग खेल्न धेरै चलेका बिदेशी खेलाडीहरु समेत नेपाल आईसकेका छन् भने आउने क्रम चलिरहेको छ । यसैक्रममा चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी पनि आज नेपाल आएका छन् ।

उनले नेपाल उत्रिए लगत्तै बिमानस्थलमा पत्रकार संग कुरा गर्दै आफुलाई नेपाल आउँदा आफ्नै घर आएको जस्तै लागेको प्रतिक्रिया दिएका छन् । उनले नेपालमा आफुलाई आफ्नै घरमा भएको महसुस भएको प्रतिक्रिया दिए । उनले भने – म धेरै खुशी छु । म पाकिस्तानमा छु जस्तो अनुभव गरिरहेको छु । घरमा छु जस्तो लागेको छ ।

उनले नेपाल र जनताको बारेमा धेरै सुनेको भन्दै यहाँको आथित्यता उत्कृष्ट रहेको बताए । साथै उनले नेपाल एक सुन्दर देश समेत रहेको बताए । उनले आफु साँच्चिकै खुशी भएको प्रतिक्रिया दिएका छन् । ४४ वर्षीय अफ्रिदीले काठमाडौं किङ्स ११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर