कैट्रिना कैफको हुनेवाला देवर सनि कौशल भन्छन्– कैट्रिना एकदमै स्वीट छिन् , मैले धेरै पटक उनी संग भेट गरेको छु — OSNepal

कैट्रिना कैफको हुनेवाला देवर सनि कौशल भन्छन्– कैट्रिना एकदमै स्वीट छिन् , मैले धेरै पटक उनी संग भेट गरेको छु

LC (KTM) September 23, 2021 0

बलिउडकी एकदमै सुन्दर हिरोइन् कैट्रीना कैफ तथा बिक्की कौशल एक अर्कालाई डेट गरिरहेको खबरले बलिउड पुरै गर्माउने गरेको छ । उनीहरु दुबै जनाको खबर बारम्बार आईरहन्छ । दुबै जनालाई धेरै पटक संगै समेत देखिएको छ ।

केही समय अगाडी दुबै जनाले लुकीछिपी फुलमाला गरेको खबर पनि बाहिरियो र सनसनी नै मच्चायो । तर दुबै जनाले यो खबर सत्य नभएको प्रतिक्रिया दिए । त्यस्तै बिक्कीको भाई सनी कौशलले समेत यो खबर गलत रहेको पुष्टि गरे । तर जे होस् कैट्रीना कैफ तथा बिक्की कौशलबीचको बोन्डिंग भने एकदमै राम्रो रहेको छ ।

उनीहरु बीच त सम्बन्ध राम्रो छ तर बिक्कीका भाई सनीले आफ्नो कैट्रीना कैफ संगको कनेक्सन बारे बताएका छन् । उनले भारतीय संचारमाध्यममा संगको कुराकानीका क्रममा भनेका छन्– मैले कैट्रिना संग भेटेको छु ।

द फर्गटन आर्मी जब रिलजि भयो कैट्रिना त्यहि थिईन् । उनी कबीर खानको एकदमै राम्रो साथी हुन् । मैले उनी संग धेरै पटक भेट गरेको छु । उनी एकदमै स्वीट छिन् । उनले आफ्नो हुनेवाला भाउजुको बारेमा राम्रो प्रतिक्रिया दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर