काठमाडौं ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७५ दिन भइसक्दा पनि गठवन्धन सरकारले मन्त्रिपरिषद् विस्तार नसेको भन्दै आलोचना गरेका छन् ।
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारलाई व्यंग्य गर्दै अबको १४ महिनामा सरकारलाई पुर्णता दिए आफुले धन्यवाद दिने बताए ।
आज वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अोलीले भने, ‘७५ दिनसम्म मन्त्री नै छैन । मन्त्रालय छ मन्त्री छैन । सचिवहरूले पुष्पगुच्छा, माला किनेर राख्छन् ओइलाउँछ । मन्त्री आउँदैन । पछि त्यो बिल बेरुजु होला भन्ने डर ,
१५ महिनाको कार्यकालमा पनि दुई महिना सइसक्यो सरकार पुर्णता पाएको नपाएको भन्दै भने, ‘अब यो १४ महिनाभित्र मन्त्री बनाइसक्यो भने धन्यवाद छ सरकारलाई । एउटा काम त गर्यो ।’