दोस्रो लहर शुरु भएयता भेरी अस्पतालमा १५३ जनाको मृ त्यु ८५२ सङ्क्रमित भर्ना — OSNepal

दोस्रो लहर शुरु भएयता भेरी अस्पतालमा १५३ जनाको मृ त्यु ८५२ सङ्क्रमित भर्ना

LC (KTM) May 21, 2021 0

बाँके- कोरोना सङ्क्रमणको स्थिति भयावह हुँदा सङ्क्रमित हुने र मृ त्युदर दैनिक रुपमा झन् उकालो लागिरहेको छ । बाँकेमा अहिले दैनिकरुपमा १५ देखि १७ जनासम्मको मृत्यु हुने गरेको छ भने ७०० देखि ९०० जना सङ्क्रमित भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति तेज वलीले बताउनुभयो ।

उहाँका अनुसार, कोभिड दोस्रो लहर शुरूवातसँगै वैशाख १ देखि जेठ ६ गतेसम्म भेरी अस्पतालमा ८५२ जना भर्ना भएकोमा ४६६ जना निको भई घर फर्किनु भएको छ । यो अवधिमा उपचारको क्रममा भेरी अस्पतालमा १५३ जनाको मृ त्यु भएको छ भने १२ जनालाई अन्य अस्पतालमा सिफारिस गरिएको छ । हाल सो अस्पतालमा २४२ जना बिरामी उपचाररत हुनुहुन्छ । यसमध्ये शिकिस्त ८२ जना हुनुहुन्छ भने मध्यम अवस्थाका १६० जना हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर