तोकिएको समय अगावै प्रधानमन्त्री बन्नको लागि देउवाले बुझाए राष्ट्रपतिलाई १४९ सांसदहरुको हस्ताक्षर — OSNepal

तोकिएको समय अगावै प्रधानमन्त्री बन्नको लागि देउवाले बुझाए राष्ट्रपतिलाई १४९ सांसदहरुको हस्ताक्षर

LC (KTM) May 21, 2021 0

काठमाडौँ ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि दिएको समय भन्दा एक घण्टा अगाडी नै १४९ सांसदहरुको हस्ताक्षर सहित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको पदको लागि दावी गर्न राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । देउवाले १४९ सांसदहरुको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएका छन् ।

आज दुई पटक सम्म बसेको विपक्षी दलहरुको बैकले प्रधानमन्त्रीको रुपमा देउवालाई अघि सारेका हुन् । देउवालाई काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको १७ र बाँकी नेकपा एमालेका माधव नेपाल समूहका २२ सांसदको हस्ताक्षर रहेको छ । यता जसपा कै महन्थ ठाकुर पक्षका सांसदहरुको भने समर्थन देउवा नभएको जनाइएको छ ।

संविधानको धारा ७६को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त हुनको लागि बहुमतको सरकार दावी गर्नु पर्ने भन्दै राष्ट्रपतिले आज साँचm ५ बजे सम्मको समय दिएकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर