ओलीजतिको बुद्धि नभएको नेता कोही देखिन, ओलीले चुप लागेर सहमति पालना गरेर बसेको भए महान नेता हुने अवसर थियो — OSNepal

ओलीजतिको बुद्धि नभएको नेता कोही देखिन, ओलीले चुप लागेर सहमति पालना गरेर बसेको भए महान नेता हुने अवसर थियो

LC (KTM) September 23, 2021 0

काठमाडौं ७ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले)का अध्यक्ष केपी ओली जस्तो वुद्धि नभएको नेता कोही नभएको भन्दै आलोचना गरेका छन् ।

आज बिहिबार काभ्रेमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ओलीले महान नेता बन्ने अवसर गुमाएको भन्दै यस्तो आलोचना गरेका हुन् ।

ओलीले विदेशीसँग आत्मसर्मपण गरेको बताएका उनले भने, ‘केपीजतिको बुद्धि नभएको नेता मैले कोही पनि देखेको छैन् । यदि ठूलो अवसर थियो उनलाई, चुप लागेर बसेको भए सहमति पालना गरेको भए महान नेता हुने अवसर थियो । केपी ओली विदेशीसँग आत्मसमर्पण गरे ।’

ओलस्ले आफुहरुमाथि दमन गर्न प्रतिक्रान्ति खोजेको भएपनि त्यसलाई आफुहरुले परास्त गरेको कार्यक्रममा प्रचण्डले बताए ।

एमालेमा भएका क्रान्तिकारी नेताहरुसँग मिली यो देशलाई सामाजिक विकासमार्फत समाजवादतर्फ लैजानको लागि आफुले जोखिम मोलेरै भएपनि एकता गरेको बताएका प्रचण्डले भने, ‘केपीजस्तो निरंकुश, अहंकारी र दम्भीलाई पार्टीबाट निकालिदिएको हो । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर