सिद्धार्थ शुक्ला पछि अर्का चर्चित अभिनेता जगनुरको हृदयघातका कारण निधन — OSNepal

सिद्धार्थ शुक्ला पछि अर्का चर्चित अभिनेता जगनुरको हृदयघातका कारण निधन

LC (KTM) September 23, 2021 0

टेलिभिजन संसारमा फेरी अर्काे दुःखद खबर आएको छ । सिदार्थ शुक्ला पछि भारतीय टेलिभिजन रियालिटी ‘एमटीभी लभ स्कुल’ अभिनेता जगनूर अनेजाको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

उनी इजिप्ट घुम्न गएको बेला उतै निधन भएको हो । जगनूरले इजिप्टमा रहदा बिभिन्न फोटो तथा भिडियोहरु सामाजिक सञ्जाल मार्फत शेयर गरिरहेका थिए । उनले बुधबार मात्र इन्स्टाग्राममा आफ्नो एक भिडियो पोस्ट गरेका थिए । उनले इजिप्टका बिभिन्न सुन्दर ठाउँहरु र पिरामिडमा समेत फोटो लिएका थिए ।

उनले क्याप्सनमा लेखेका थिए एउटा सपना सत्य भयो , जब मैले गीजाको महान पिरामिडहरुलाई देखें । मेरो एक इच्छा पुरा भयो ।’ उनको अप्रत्याशीत निधनको खबरले पुरै बलिउड संगै मनोरञ्जन क्षेत्र स्तब्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर