प्रचण्डलाई भुसालको सुझाव : हाम्रो चिन्ता नगर्नुहोस् आफ्नो पार्टी बनाएर देखाउनुहोस् — OSNepal

प्रचण्डलाई भुसालको सुझाव : हाम्रो चिन्ता नगर्नुहोस् आफ्नो पार्टी बनाएर देखाउनुहोस्

LC (KTM) September 23, 2021 0

काठमाडौं ७ असोज । नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नै पार्टी राम्रो बनाउन सुझाव दिएका छन् ।

आज बिहिबार काभ्रेमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले माधव नेपालको साथ छाडेर जानेहरु देखि आफुलाई चिन्ता लागेको भन्दै एमालेमा धेरै दिन टिक्न नसक्ने भनी टिप्पणी गरेका थिए ।

सोही प्रसंगलाई नेता भुसालले आफुहरुको चिन्ता नलिन प्रचण्डलाई भनेका छन् । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउछौ । तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं ।’

ओलीले संसद विघटन गरेपछि एकै पटक सडकमा आएका भुसाल सहित अन्य केहि नेताहरु पछिल्लो समय एमालेमै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर