दक्षिण भारतीय फिल्मकै सुन्दर जोडी सामन्था र नागा सम्बन्ध बिग्रेपछि बस्न थाले अलग-अलग घरमा — OSNepal

दक्षिण भारतीय फिल्मकै सुन्दर जोडी सामन्था र नागा सम्बन्ध बिग्रेपछि बस्न थाले अलग-अलग घरमा

LC (KTM) September 23, 2021 0

काठमाडौं- सम्बन्ध बिग्रेपछि तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था र अभिनेता नागा चैतन्य अलग अलग घरमा बस्न थालेका छन् । भारतिय मिडियाका अनुसार नागा घर छाडेर आफ्ना बुबा तथा नागर्जुन र कान्छी आमा अमालासँग बस्न गएका छन्। यता सामन्था भने बलिउडमा आफ्नो करियर अगाडि बढाउन हाइदरबादको घर छोडी मुम्बई बसाइ सरेको बताइएको छ ।

यि दुईलाई एक बनाउन दुबै तिरका परिवारले प्रयास गरेपनि अन्तत असफल भएका छन् । बलिउडबाट पाएको मायापछि उनी आफ्नो अभिनय करियर अझै अगाडि बढाउन चाहन्छिन्। यता नागा चैतन्यले पनि आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्डा’बाट बलिउडमा प्रवेश गरेका छन्।

योसँगै उनको बालबच्चा जन्माएर परिवार ठूलो बनाउने चाहना छ।यही फरक चाहनाको कारण सामन्था र नागाबिच सम्बन्ध बिग्रिएको बताइएको छ । सामन्था र नागाको पहिलो भेट सन् २००९मा रिलिज भएको फिल्म ‘ये माया चेसावे’को सेटमा भएको थियो। त्योबेलादेखि नै उनीहरु प्रेम सम्बन्धमा रहेका थिए । सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर