काठमाडौँ ७ असोज । प्रतिनिधिसभाको आज बिहिबार बसेको संसद बैठकले दूई विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बिच पनि सरकारले संसदबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको हो ।
जसमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएको हो । विधयेक पारित भएसँगै आजबाट सरकारको खर्च गर्ने बाटो खुलेको छ । संसद सुरु भएसँगै वेल घेरेर एमालेका सांसदहरुले नारावाजी गरेका थिए । तथापी सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई अगाडी बढाएका थिए ।
सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई अर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पेश गर्न अनुमति दिएर निर्णयार्थ पनि पेश गरे । उक्त विधेयक एमालेको विरोधका बाबजुत पनि संसदबाट बहुमतल पारित भएको सभामुखले बताएका छन् ।
विधेयक पारित भएसँगै संसद बैठक असोज ११ गते दिउँसो २ बजे बस्ने गरी स्थगित भएको छ ।