बैतडी व्यापारी मृत्यु प्रकरणः पाँचजना प्रहरी नियन्त्रणमा — OSNepal

बैतडी व्यापारी मृत्यु प्रकरणः पाँचजना प्रहरी नियन्त्रणमा

LC (KTM) September 23, 2021 0

बैतडी, ७ असोज – एक व्यापारीको हत्या आशङ्कामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । सुर्नया गाउँपालिका– ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा आज बिहान मृत फेला परेका थिए । उनकोे टाउको, छाती र शरीरका अन्य भागमा चोट देखिएको र अनुसन्धानका क्रममा हत्यामा सम्लग्न भएकोे आशङ्कामा पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

उहाँले नियन्त्रणमा लिइएका सबै स्थानीयवासी भएको र अनुसन्धान चलिरहेकोले उनीहरूको नाम खुलाउन नमिल्ने बताउनुभयो महरालाई सन्सेरीमाडौँकै एक पसल अगाडि मृत अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका लागि पाटन इलाका प्रहरी कार्यालयका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर