१४९ सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीको लागि राष्ट्रपतिसमक्ष देउवाको दावी — OSNepal

१४९ सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीको लागि राष्ट्रपतिसमक्ष देउवाको दावी

LC (KTM) May 21, 2021 0

काठमाडौँ ७ जेठ । नयाा सरकार गठनको लागि राष्ट्रपतिले दिएको समय सकिँने लाग्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठन गर्नको लागि १४१ सांसदहरुको हस्ताक्षर सहित राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दावी पेश गरेका छन् ।

आज सिहदरबारमा बसेको तिन दलको बैठकले देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनले दिएको जानकारी अनुसार देउवालाई प्रधानमन्त्रीको रुपमा अगाडी सार्न १४९ सांसदहरुको हस्ताक्षर भएको छ । कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको समर्थनमा देउवालाई समर्थन गरिएको हो ।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् । आज साँझ संविधानको धारा ७६को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त हुनको लागि बहुमतको सरकार दावी गर्नु पर्ने भन्दै ५ बजे सम्मको समय दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर