काठमाडौँ ७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीसँग सहकार्य बढाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
आज बिहिबार काभ्रेमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका अध्यक्ष प्रचण्डले नेकपा एस पार्टी निमार्ण गर्न आफ्नो पनि मेहेनत परेको भन्दै कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।
यो पार्टी निमार्ण गर्न माधव नेपाल र झलनाथ खनालको कम मेहेनत परेको छैन भन्दै उनले नेकपा एससँग सहज ढंगले सहकार्य अगाडी बढाउन आग्रह गरेका हुन् ।
माधवजी, झलनाथजीको अर्को पार्टी बनेको छ । त्यो पार्टी बनाउनमा हाम्रो कम मेहनत छैन,तपाईंहरु पनि ‘।ती साथीहरुसँग सहज ढंगले सहकार्य बढाउनुहोला’ प्रचण्डले भने ।
कार्यक्रममा प्रचण्डले नेपालको साथ छोडेर एमालेतिर गएका नेताहरु देखेर बडौ दया लागने बताउँदै ढिलो चाँडो एमालेबाट ति नेताहरु फर्किने समेत बताएका छन् ।
‘बडो दया लाग्छ ती साथीहरुलाई देख्दा, ढिलो छिटो त्यहाँबाट निस्कछन् । त्यहाँ बस्ने ठाउँ छैन’ उनले भने ।
साथै प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य, विप्लव र मोहनबिक्रम सिंहको पार्टीसँग पनि सहज ढैगले सहकार्य अगाडी बढाउन आग्रह गरेका छन् ।