राष्ट्रियसभाबाट विनियोजन विधेयक २०७८ (बजेट) पारित — OSNepal

राष्ट्रियसभाबाट विनियोजन विधेयक २०७८ (बजेट) पारित

LC (KTM) September 23, 2021 0

काठमाडौँ ७ असोज । राष्ट्रियसभाबाट विनियोजन विधेयक २०७८ (बजेट) पारित भएको छ ।

आज बिहीबार बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पारित गरेसँगै आजै पारित भएको सन्देशसहित प्रतिनिधिसभामा पठाउने भएको हो ।

आज बस्ने संसद बैठकले पनि राष्ट्रिय सभाले पठाएको सन्देशसहित विनियोजन विधेयकलाई ग्रहण गरी सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद सचिवालयले जनाएको छ ।

आज राष्ट्रिपतिबाट पनि विनियोजन विधेयक पारित भई प्रमाणीकरण भएमा सरकारले आजैबाट खर्च गर्न सक्नेछ ।

आज बस्नै संसद बैठकमा पनि नेकपा एमालेले आफ्नो विरोधलाई निरन्तरता दिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर