पाँचखाल पुगेर प्रचण्डले रिस पोख्दै भने केपी ओली हरुवा हो, भगौडा हो — OSNepal

पाँचखाल पुगेर प्रचण्डले रिस पोख्दै भने केपी ओली हरुवा हो, भगौडा हो

LC (KTM) September 23, 2021 0

काठमाडौं, ७ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीमाथि भगौडाको आरोप लगाएका छन् । वाईसीएलको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार काभ्रेको पाँचखालमा सम्बोधन गर्दै प्रचण्डले केपी प्रवृत्ति कम्युनिस्टविरोधी, राष्ट्रविरोधी र सामन्ती प्रवृत्ति हो भन्ने प्रमाणित भएको बताए ।

‘केपी हरुवा हो । भगौडा हो । कम्युनिस्ट आन्दोलनबाट भाग्यो । मार्क्सवाद, समाजवादबाट भाग्यो,’ उनले भने, ‘मार्क्सवाद, समाजवाद, एकता विरोधी चरित्रलाई उदांगाे पारेर पार्टी निष्कासित गरेको हो । हामी विजेता हो । ऊ हरुवा हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर